काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न दोषीलाई कुनै पनि हालतमा उम्कन नदिने बताएका छन्।
मन्त्री श्रेष्ठले मंगलबार प्रेस सेन्टर नेपाल गोरखाले आयोजना गरेको ्पत्रकार सम्मेलनमा बोल्दै अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘तथ्य र प्रमाणका आधारमा ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ।’
त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लोपटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढंगबाट अनसुन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे। ‘जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिइँदैन,’ उनले भने।
प्रतिक्रिया लेख्नुहोस्:-