काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रत्यक्षतर्फ उम्मेदवार नै समावेशी समानुपातिक हुने गरी निर्वाचन प्रणाली बदनल्नुपर्ने बताएका छन् ।
नेता कोइरालाले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् । उनले प्रत्यक्ष तर्फको उम्मेदवार छनोट गर्दा नै समानुपातिक र समावेशी गरेर उठाउन सकिने उनले विकल्प सुझाए । ‘यस्तो निर्वाचन प्रणाली बनाएका छौं । बहुमतको सरकार बनाउन सम्भव नै छैन । प्रत्यक्ष निर्वाचनबाट समानुपातिक चरित्रको निवार्चन गर्न सक्दैनौं र ? । ’
प्रत्यक्ष निर्वाचन मार्फत नै समानुपातिक र समावेशी बनाउन सकिने विकल्प उनले सुनाए । निर्वाचन प्रणालीमा परिवर्तन गर्न कांग्रेसले अरु दललाई विश्वासमा लिएर अग्रसरता लिनुपर्ने कोइरालाले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-