काठमाडौं । गत मंसिरमा सम्पन्न आम निर्वाचनमा चुनावको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको छ । प्रतिनिधिसभा र प्रदेशतर्फका गरी दुई हजार ४३५ उम्मेदवारलाई १५ हजार दरले जरिवाना गरिएको हो ।
उम्मेदवारहरूलाई आयोगले गत वैशाख ४ गतेको निर्णयअनुसार निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसको जानकारी दिन निर्देशन दिइएको थियो । तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फका एक हजार ३७ जना र प्रदेशसभातर्फका एक हजार ३९८ उम्मेदवारलाई निर्वाचन (कसूर तथा सजाय), ऐन २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम १५ हजार रूपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-