काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै निकायबीच समन्वयकारी भूमिका भएमा तस्करी अन्त्य हुने बताएका छन् । उनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई निर्देशन दिँदै यस्तो बताएका हुन् ।
बिहीबार विमानस्थल र भन्सार अनुगमनपछि मन्त्री महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे ।
“अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्ष अपग्रेड गर्नुपर्ने हुन्छ”, उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-