काठमाडौं । नेकपा एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ । एमालेले राष्ट्रिय सभाको आजको बैठकमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न यस्तो माग गरेको हो ।
बैठकको प्रारम्भमै एमाले सांसद देवेन्द्र दाहालले सो घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताए।
‘यो प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति बन्नुपर्छ, उच्चस्तरीय समिति गठन हुँदैन भने मुलुकमा तस्करीका घटना भइरहने र सदन चलिरहने होला र रु’, समिति नबने संसद्को कामकारबाही अगाडि बढ्न नसक्नेतर्फ संकेत गर्दै उनले भने, ‘त्यसकारण उच्चस्तरीय छानबिन समिति बनोस्, समितिमा सरकार, विभिन्न राजनीतिक दलको सहभागिता होस्।’
प्रतिक्रिया लेख्नुहोस्:-