काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस भ्रष्टाचारको विरुद्धमा बोल्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै कांग्रेस पहिलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको र लोकतन्त्रको पक्ष र भ्रष्टाचारको विरुद्धमा समेत बोल्न नसक्ने अवस्थामा पुगेको बताएका हुन् ।
उनले अहिले माओवादीको ढाकर बोकेर कांग्रेस लुरुलुरु हिड्नुपरेको तर्क गरे । त्यस्तै, ओलीले यसअघि पार्टी एकीकरण गरेपनि थाक्रोजस्तो भएको बताए । पार्टी एकता गरेपनि वास्तविक रुपमा एकता नभएको र तत्कालीन समयमा प्रचण्डले आफ्नो गुटको बैठक जारी राखेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-