काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालमा भइरहेको सुन तस्करीको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् ।
उनले शुक्रबार विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा सुन तस्करीले नेपालको अर्थतन्त्रमा असर गरिरहेको छ, छैन भन्ने गम्भीर विषय भएको बताएका हुन् ।
‘कसको सेटिङमा सुन आइरहेको भन्न गाह्रो विषय हो,’ उनले भने, ‘अहिले सय किलो सुन बरामद भएकोले हामीले थाहा पायौं तर त्यो भन्दा अगाडि कति आयो त्यो गम्भीर विषय हो र यसले नेपालको अर्थतन्त्रमा असर गर्छ कि गर्दैन रु’
प्रतिक्रिया लेख्नुहोस्:-