काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्र प्रजातन्त्र बलियो हुने बताएका छन्।
उनले शुक्रबार प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुने बताएका हुन्।
उनले विभिन्न पेसा, व्यवसाय तथा सबै क्षेत्रमा लागेका प्रजातान्त्रिक विचार राख्नेहरूले कांग्रेस बलियो बनाउनतर्फ लाग्नुपर्ने धारणा राखे।
सभापति देउवाले कांग्रेस र प्रजातन्त्रलाई बलियो बनाउन समाजबाट आएका सुझाव ग्रहण गर्दै सबै सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
प्रतिक्रिया लेख्नुहोस्:-