काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा संघीय संसदबाट पारित भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् ।
उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हालै पारित भएको थियो । सभामुखबाट प्रमाणित भएसँगै उक्त विधेयक राष्ट्रपतिकोमा पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यान्वयनमा आउँछ । अघिल्लो सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकलाई देउवा सरकारले फिर्ता गरेर नयाँ अध्यादेश पेश गरेको थियो । नेपालका कतिपय साना दलले यसको चर्को विरोध गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-