काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीबारे सांसदको मुख थुन्न सरकार आफैंले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले बुधबार तुलसीलाल अमात्य स्मृति दिवसको अवसरमा ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन् । उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद बैठकलाई सञ्चालन नगर्ने सरकारको हर्कतका कारण संसद बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको दाबी गरे।
उनले भने, ‘उहाँहरु संसदमा आवाज उठछ भनेर अस्तीका दिन संसद चल्न दिनुभएन। किनभने सांसद बोल्छन भनेर। हामीले संसद चलाऊ भनेका छौं। सांसदहरु बोल्नु हुन्छ। आवाजहरु उठाउनु हुन्छ। जनताको भनाई भन्नुहुन्छ। सांसदले बोल्न पाउनुपर्यो। सरकार सांसदलाई बोल्न दिँदैन।’
उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमति गरेर पनि केपी ओलीले सो सहमति बालुवाटारबाट बाहिरिएपछि लत्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको समेत बताए।
प्रतिक्रिया लेख्नुहोस्:-