काठमाडौं । काठमाडौंबाट मुम्बई जाँदै गरेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति धनगढीका सुन व्यवसायी भएको खुलेको छ ।
आज दिउँसो १४१ जना यात्रु बोकेर मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट सबै यात्रु ओरालेर उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनी धनगढीका सुन व्यवसायी सन्तोष लामिछाने हुन् ।काठमाडौंबाट मुम्बईका लागि उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति चढेको सूचनाका आधारमासबै यात्रुलाई बाहिर निकालेर उनलाई नियन्त्रणमा लिइएको थियो । कैलाली प्रहरीले उनी अपराधिक गतिविधिमा आवद्ध रहेको सूचना दिएको थियो । उनी भारतबाट सुन चोरेर नेपाल आएको र फेरि मुम्बई भाग्ने योजनामा रहेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-