काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित नेताहरूविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउन कुरा उचित नहुने तर्क गरेका छन्।
उनले बुधबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनको बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विप्लव नेतृत्व पार्टीलाई केपी शर्मा ओली नेतृत्व सरकारले मूल धारको राजनीतिमा ल्याएको भन्दै उनीहरूमाथि अनुचित मुद्दाहरू लगाउने खालको कुरा उचित नहुने पनि प्रष्ट पारे। उनले पुराना घटनाका आधारमा मुद्दा चलाउने कुरा उचित नभएको पनि बताए।
उनले भने, ‘शान्तिपूर्ण प्रक्रियामा आइसकेपछि खुला राजनीतिमा आइसकेपछि पुरा मुद्दा लगाउन उचित होइन। तर, खुला राजनीतिमा आएर पनि गैरकानुनी काम गरे दण्डको भागिदार हुनुपर्छ।’
प्रतिक्रिया लेख्नुहोस्:-