काठमाडौं । आज बसेको संवैधानिक परिषद्का बैठकले विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ।
बैठकले वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनाकारी दिए।
संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेमा श्रेष्ठ २०८१ साल असोज १९ गतेसम्म प्रधानन्यायाधीश हुनेछन्। उनी कानुन सेवाबाट सन् १९८४ बाट सरकारी सेवामा प्रवेश गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-