काठमाडौं । डेंगी नियन्त्रणका लागि दिगो र प्रभावकारी समाधान खोज्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिन आग्रह गरेको हो ।
त्यसैगरी दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराउन ध्यानाकर्षण गराइएको छ । डेंगी रोगको महामारीका कारण मुलुकको पूर्वी भू–भाग, विशेष गरेर धरान र आसपासका ठाउँमा सिकिस्त बिरामी र ज्यान गुमाउने बढेकोमा समाजमा त्रास बढेको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेवामा जुटेका स्थानीय सरकार, स्वास्थ्यसँग सम्बद्ध संघ संस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न विज्ञप्तिमार्फत अपिल गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-