काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व लक्ष्य भेट्न इमानदार भएर काम गर्न आवश्यक रहेको बताएका छन् । मन्त्री महतले बिहीबार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा यस्तो बताएका हुन् ।
मन्त्री डा. महतले आयात र माग नहुँदा भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको र त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए। तर बजारमा प्रशस्त मालवस्तु हुँदा पनि राजस्व घटिरहेको छ भने त्यो अवस्थामा प्रश्न गर्न सकिने उनको भनाइ थियो ।
‘हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्ल्यौँ अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्त्व दियौँ भने राजस्व कम उठ्छ’, उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-