काठमाडौं । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ। विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन्।
यसअघि बुधबार सत्तागठबन्धनका शीर्ष नेताहरूले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न दिएको सुझाएअनुसार नै सरकारले २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको हो।
प्रतिक्रिया लेख्नुहोस्:-