काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपाली कांग्रेसमा अनुशासनको कमी रहेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका उनले पर्सा क्षेत्र नं. १ (ख) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन’, उनले भने।
कांग्रेसभित्रकै नेताहरु एकअर्कालाई गाली गरेर बसिरहेका उनले बताए। ‘निर्वाचनमा भोट दिइरहेका छैनन्। यस्तो अवस्थामा कांग्रेसमा लाग्नु भन्ने संशय उत्पन्न हुन्छ’, उनले भने। उनले आन्तरिक बहस उचित भए पनि गालीगलौज गलत भएको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-