काठमाडौं । राजश्व अनुसन्धान विभागले १०० केजी सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।
विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलन गरेर सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको बताए ।
२ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरेको थियो । हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताहरुले सुन तस्करीको छानबिन राजश्व अनुसन्धान विभागले गर्न नसक्ने टिप्पणी गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-