काठमाडौं । सत्तारुढ पार्टी नेकपा (माओवादी केन्द्र) ले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ। केन्द्रीय कमिटी बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो।
अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिनेछ। अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड सातवटै प्रदेशका ७ वटा वडामा जानेछन्।
अभियान घोषणा गर्दै अध्यक्ष प्रचण्डले देशभर एकैसाथ यो अभियान चलाउन नेता-कार्यकर्तालाई निर्देशन दिए। उनले अभियानका लागि सबै वडामा एउटा घर पनि नछोडी जानका लागि केन्द्रीय सदस्यहरुसँग आग्रह गरे।
‘
प्रतिक्रिया लेख्नुहोस्:-