काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अबरोध गरेपछि प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी भोलिसम्मका लागि स्थगित भएको छ।
सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जबाफ चित्तबुझ्दो नभएको भन्दै नेकपा एमालेले संसद्मा नाराबाजी गरेपछि आजको बैठक स्थगित भएको हो। उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै एमाले सांसद्हरूले नाराबाजी गरेका थिए।
‘माननीय गृह मन्त्रीज्यूूले बोलिसकेपछि साउन २ गतेदेखि हामीले उठाइरहेका विषयका सन्दर्भमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने गरी उहाँले आफ्नो विषयलाई सम्बोधन गर्नुहुनेछ भनेर सरकारको तर्फबाट प्रतिवद्धता जनाउनुहुने भन्ने विश्वास थियो,’ उनले भने, ‘धैर्यताका साथ हामीले उहाँका विषयवस्तुहरू सुन्यौं। तर, उहाँले बोलेका सबै अभिव्यक्तिहरु ८० प्रतिशत भन्दा बढि बाहिरका विषयहरू, राजनितिक प्रवचन दिनुभयो। हामीले उठाएको विषयमा सरकार गम्भिर हुन सकेन।’
प्रतिक्रिया लेख्नुहोस्:-