बर्कली, क्यालिफोर्निया
आपसी प्रेम र आध्यात्मिक सद्भावको सन्देशसंगै ब्रम्हकुमारी स्यानफ्रान्सिस्कोको र अनुभूति सेन्टरले आगामी अगष्ट १३ तारेख आइतवार सामुहिक रक्षाबन्धन कार्यक्रम आयोजना गरेको छ । विगत केही वर्षदेखि यस संस्थाले नेपाली एवं भारतीयहरु विचमा सामुहिक रक्षाबन्धन कार्यक्रम गर्दै आएको छ ।
आयोजक लीना दुवाडीका अनुसार हरेक बर्ष आपसी प्रेम, आध्यात्मिक सद्भाव र भाइचाराको सम्वन्धलाई थप मजबुद बनाउदै अध्यात्मलाई विस्तार गर्न रक्षा बन्धनले अभिप्ररित गर्नेछ । कार्यक्रममा सहभागी हुन सबै नेपालीलाई आव्हान गर्दै दुवाडी भन्छिन, “यो हामी सबैको साझा कार्यक्रम भएकाले रक्षाबन्धन समारोहमा सहभागी हुन अनुरोध गर्दछु “। कार्यक्रम अगष्ट १३ तारेख बेलुकी 2415 Eunice St, Berkeley मा ५-६:३० सम्महुनेछ र इच्छुक सबैजना सहभागी भएर आपसी प्रेम र सद्भाव साटासाट गर्न सक्नुहुनेछ ।
हिन्दु परम्परा अनुसार दाजुभाइ तथा दिदीबहिनीहरुवीचको रक्षा बन्धनले उनीहरु वीचको प्रेम र सद्भावलाई थप मजबुत बनाउन सहयोग पुर्याउछ । नेपालमा रक्षा बन्धन र जनै पूर्णिमा प्रायजसोले मनाउने गरेका छन् भने भारतमा रक्षा बन्धनलाई राखी बाध्ने भनी निकै लोकप्रिय रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-