काठमाडौं । अब वैदेशिक रोजगारमा गएका व्यक्तिको मृत्यु भएमा परिवारले १५ लाख पाउने भएका छन् ।
मन्त्रालयद्वारा बुधबार आयोजित ‘वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारसँग छलफल’ कार्यक्रममा सहसचिव राजीव पोखरेलले वैदेशिक रोजगार व्यवस्थापन तथा मन्त्रालयबाट भए गरेका कामलाई प्रभावकारी बनाउनेबारे पछिल्लो समयमा गरेको प्रयासका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगार बोर्डमार्फत श्रमिकले पाउने सेवा सुविधामा वृद्धि भएको बताए।
कार्यक्रममा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-