काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसद्लाई बन्धक बनाउन खोजेको आरोप लगाएकी छन् ।
पूर्व उपसभामुख समेत रहेकी उनले बुधबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा यस्तो आरोप लगाएकी हुन् ।
त्यस्तै उनले बाढी पहिरो तथा महङ्गीका कारण जनजिविकाको अवस्था दयनीय बन्दै गएका बेला संसदबाट समाधानका उपाय निकाल्दै सम्बोधन गर्नुपर्ने संसद् अवरुद्ध तिर लाग्नु लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होइन भन्ने आशंका उठिरहेको बताइन् । भुसालले हिजोको दिनमा गणतन्त्र र संसदमाथि प्रहार हुँदै जाँदा प्रणालीलाई बचाउनका लागि गठबन्धन गरिएको उल्लेख गरिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-