काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड बनाउन नेताहरुलाई जिम्मेवारी तोकेको छ।
बुधबार पार्टी कार्यालय आलोकनगरमाा बसेको सचिवालयको बैठकले घोषणापत्र तयार गर्न नेताहरु प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको महासचिव बेदुराम भूसालले जानकारी दिए ।
त्यस्तै बैठकले उम्मेदवार छनोटको मापदण्ड र विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव बेदूराम भुसाललाई दिएको छ । निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी उपमहसचिव गंगालाल तुलाधरले पाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-