काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३६१४ नमूनाको पीसीआर र ३०९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ४९६ र एन्टिजेन विधिबाट ३७२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
सोही समयमा कोरोनाबाट थप ३ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५८८५ रहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-