काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् । उनले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आर्थिक वर्ष २०८०र८१ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि २१ मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता हुन् ।
प्रधानमन्त्री र मन्त्रीहरुबीच भएको सम्झौतापत्रमा गर्नुपर्ने प्रमुख काम र काम पूरा गर्नुपर्ने समयसीमा तोकिएको छ ।सम्झौताअनुसार कार्यसम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा पठाउनुपर्ने र त्यसलाई मासिक तथा वार्षिकरुपमा मूल्यांकन गरिनेछ । कार्यसम्पादन सम्झौताको अवधि एक वर्ष तोकिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-