काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पाकिस्तानी शैलीको राजनीति सुरु गरेको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले शनिबार काठमाडौंमा गुरु लुइटेल अध्ययन तथा विकास केन्द्र नेपालको साधारणसभालाई सम्बोधन गर्दै पाकिस्तानी शैलीमा प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका हुन् ।
उनले सरकारलाई धेरै नहौसिन र अधिनायकवाद नदेखाउन सुझाव दिए । कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गर्दै सरकारविरुद्ध बोल्नेको मुख बन्द गर्न खोजेको र अरुलाई तर्साउन खोजेको उनको आरोप छ । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कूल पढ्दाको कुरा उठाएर गिरफ्तार गर्नु नांगो नाच भएको उनले तर्क गरे ।
सांसद शर्मालाई अहिलको अवस्थामा पक्राउ गर्नु सामान्य विषय नभएको उनको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-