काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।
शुक्रबार ओली निवास बालकोटमा भएको भेटवार्तामा एमाले र राप्रपाकाबीच चुनावी तालमेलका विषयमा छलफल भएको बताइएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टीले सबैसँग संवादको ढोका खुल्ला राखेको उनले बताए । यसबारेमा पार्टीको अब बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थप निर्णय गर्ने उनले बताए । अध्यक्षद्वय ओली र लिङदेनबीच स्थानीय निकायको निर्वाचनपछि पहिलोपटक भेटवार्ता भएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-