काठमाडौं । सरकार ढाल्ने राजनीतिक चर्चा चलिरहेको बेला सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिले सरकार फेरबदलबारे कुनै कुरा नभएको बताएका छन्।
दुई दिनदेखि जारी संसदीय दलको बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले अहिले कांग्रेस सरकार फेरबदलको पक्षमा नरहेको बताएका हुन्।
‘अहिले हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन’, उनले भने, ‘भोलि सम्पन्न हुने संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्छ। तर तिनमा सरकार फेरबदलको विषय पर्दैन।’
प्रतिक्रिया लेख्नुहोस्:-