काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता पुष्टि भए आफू पदमा नबस्ने दावी गरेका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका उनले आइतबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी पार्टीको संसदीय दलको बैठकमा बोल्दै पार्टी, संसद् र सडकबाट आफूमाथि अनावश्यक प्रश्न उठाएर लान्छना लगाउने काम भएको बताए । उनले राजस्व प्रशासनमा आफूले सकेसम्म कुनै पनि कमी कमजोरी नहुने गरी व्यवस्थापन गरिरहेको बताए ।
‘म केटाकेटीदेखि नै एउटा संस्कारमा हुर्किएर आएको मान्छे हुँ । ममाथि व्यर्थको लान्छना लगाउने काम भयो । यो ममाथि भएको व्यक्तिगत प्रहार हो । ममाथि अनावश्यक शंका गर्ने र त्यही विषयलाई लिएर प्रचार गर्ने काम भयो,’ महतले भने, ‘तपाइँहरू नै भन्नुस्, अलिकति पनि तपाइँहरूलाई लाग्छ कि यो पदमा बसेर मैले गलत गरेँ भन्ने हो र प्रमाण दिनुहुन्छ भने म अहिले देखि नै यो ठाउँमा बस्दिनँ ।’
प्रतिक्रिया लेख्नुहोस्:-