काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थलबाट केही समयअघि बरामद गरेको सुनको प्रारम्भिक परिमाण करिब ६० किलो देखिएको छ।
महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेकसुबाट सुन भनिएको वस्तु निकाल्दा तौल करिब ६१ किलो पुगेको हो । ‘आगोले पोल्दा अरू पनि सुनबाहेकका वस्तु निस्किन सक्छ,’ उनले भने । सुनको परिमाण अझै घट्न सक्ने संकेत उनले गरे। वास्तविक तौल आउन भने अझै तीन दिन लाग्ने महाशाखा प्रमुख आचार्यले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-