काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचाaरविरोधी अभियानले सरकारलाई अप्ठ्यारो नपर्ने दाबी गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले सोमबार बागमती प्रदेश समितिको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गदै आफूहरुको कदमले प्रतिक्रियावादीमा एउटा आतंक सिर्जना भएको बताए ।
उनले भने, ‘उनीहरुको षड्यन्त्र र घेराबन्दी जति भएपनि हामी आप्ठ्यारोमा छैनौं । हामीले शुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको पक्षमा नयाँ ढंगले काम गर्नुछ । सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा संकल्पका रुपमा लिएका छौं । यसरी काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौं ।’
प्रतिक्रिया लेख्नुहोस्:-