काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणमा छानबिन गर्न ढिलो गर्नुले सरकारको संलग्नता पुष्टि भएको बताएको छ ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो आरोप लगाएका हुन् ।
उनले उच्चस्तरीय छानबिन न्यायिक समिति बनाइ जरैसम्म अनुसन्धान नभए अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि नराम्रो हुनुका साथै नेपालको भूराजनीतिमा समेत असर पर्ने जिकिर गरे । उनले सरकारले छानबिनमा आलटाल गरेको र प्रतिपक्षको आवाज दबाउन खोजेको बताए । उनले संलग्न मन्त्रीहरूले राजीनामा दिनुपर्छ भन्दा तर्साउनका लागि सांसदलाई थुन्ने काम सरकारबाट भएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-