दूरबिन नेपाल, अमेरिका
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले सातौँ पटक निःशुल्क दुध वितरण गरेको छ । अगष्ट १४ तारिखका दिन न्युयोर्कको क्वीन्स र ब्रुकलिनस्थित विभिन्न संघ संस्थाहरु मार्फत ५ प्यालेट्स शुद्व दुध वितरण गरेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जनाएका छन । घिमिरेका अनुसार फाउण्डेशनले लगभग ११ हजार ग्यालन अर्थात् ४१ हजार ६३५ लिटर दुध वितरण गरी सकेको छ ।
फाउण्डेसनले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेनसँग सहकार्य गरी निशुल्क शुद्व दुध वितरण गरेको हो । फाउण्डेशनलाई स्टार्जमेन ५ प्यालेट्स दुध सहयोग स्वरुप प्रदान गरेका थिए भने विभिन्न संघसस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन मार्फत दुध आफैं उठाएका थिए । सहयोगमा प्राप्त दुध पति प्यालेटमा एक सय ९२ ग्यालनका दरले जम्मा ९६० ग्यालन अर्थात् ३ हजार ६ सय ३३ लिटर रहेको थियो ।
गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको ब्रुकलिन र क्वीन्समा रहेका संघसंस्थाहरु, युनाईटेड शेर्पा एसोसिएसन अमेरिकाका उपाध्यक्ष फुर्वा शेर्पा मार्फत २ सय ६० ग्यालन दुध, नेपाली कांग्रेसका नेताद्वय अनिल पाण्डे र प्रेम क्षेत्री मार्फत क्रमशः २ सय ५० र ६० ग्यालन दुध, ल्याटिनो अमेरिकन का वान गोन्जालेज मार्फत १०० ग्यालन दुध, पल्जु शेर्पा मार्फत ४० ग्यालन दुध, गोर्खा समाज अमेरिकाका सदस्य प्रदीप लामिछाने मार्फत ४० ग्यालन दुध, लायन्स क्लव क्वीन्स बुद्वका उपाध्यक्ष बुद्व पौडेल मार्फत १ सय ५२ ग्यालन दुध, राजेश कार्कीलाई ४० ग्यालन दुध वितरणका लागि हस्तान्तण गरिएको फाउण्डेसनले जनाएको छ । त्यसैगरी बाँकी दुध फाउण्डेशनका केन्द्रीय सदस्य सुर्य सिम्खडाले वितरण गरेका थिए ।
फाउन्डेसनको निःशुल्क शुद्व दुध वितरण कार्यक्रममा उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सिम्खडा खटिएका थिए भने स्वयंसेवीहरुमा राजेश आचार्य, पंकज सुब्बा, प्रेमलाल बुढा मगर, नारायण भट्टराई, कुमार खडका, प्रधुम्न रायमाझी लगायतले भुमिका खेलेका थिए । गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले रिभर फण्डका मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेनलाई सहयोगका लागि आभार समेत व्यक्त गरेको जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-