काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस ०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बनाए कसैले च्यालेन्ज गर्न नसक्ने बताएका छन् ।
उनले मंगलबार काठमाडौंको नयाँबानेश्वरमा आयोजित बागमती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बनाउनुपर्ने बताए।
उनले ०४६ अघिको जस्तै पार्टी बनाउन सके कांग्रेसलाई कसैले च्यालेन्ज दिन नसक्न उनको बुझाइ छ। पार्टीका सबै तह र संरचनामा विधि, पद्धति र नियमबाट चलाउनुपर्नेमा उनको जोड छ।
प्रतिक्रिया लेख्नुहोस्:-