काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणमा आफ्नो पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि छानबिन हुने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार आफ्नै निवास बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीका क्रममा सुन तस्करी काण्डमा संलग्न रहेको आरोप लागेका महरा बाबुछोरामाथि छानबिन हुने बताएका हुन् ।
उनले महरा बाबुछोरामाथि छानबिन गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै आजभोलिमै छानबिन प्रक्रिया अघि बढ्ने जानकारी दिए ।
सुन तस्करी काण्डमा मुछिएका चिनियाँ नागरिक वाङसँग पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरा र छोरा राहुलको साँठगाँठ रहेको आरोप लागेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-