काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्सेमा उच्च अंकले गिरावट आएको छ ।
आज नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दुमा कायम भएको छ । मंगलबार ५६ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाखको कारोबार भएको छ ।
नेप्से घटेसँगै १२ वटा उपसूचकमा रातो पोतिएको छ भने म्युचुअल फण्ड उपसूचक २८।९० प्रतिशतले बढेको छ । मंगलबार उत्पादन तथा प्रशोधन उपसूचक सर्वाधिक ४।२६ प्रतशितले घटेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-