काठमाडौं । नयाँ सरकार बनेसँगै उकालो लाग्न सुरु गरेको शेयर बजार साताको अन्तिम कारोबार दिन विहीबार अहिलेसम्मकै धेरै रकमको कारोबार भएको छ । शेयर बजारमा बिहीबार एकै दिन झन्डै ३० अर्बको कारोबार भएको हो ।
शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ मूल्यको शेयर किनबेच भएको हो। शेयर बजार परिसूचक नेप्से पनि ४३ अंकले बढेर तीन हजार बिन्दु पार गरेको छ। यो पछिल्लो ३५ महीनायताकै उच्च हो।
ब्यांकहरूको शेयरको मूल्य अत्यधिक बढेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी, ग्लोबल आईएमई ब्यांक तथा बुटवल पावर, राष्ट्रिय बीमा कम्पनी, मोदी इनर्जी सहितका कम्पनीको मूल्य पनि १० प्रतिशतले बढेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-