काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा छलफल गरेका छन् ।
मंगलबार भएको छलफलमा उनले धादिङको धुनवेशी नगरपालिकाका सत्तारुढ गठबन्धन दलकै स्थानीय नेताले फोहोर व्यवस्थापन रोक्न माग गर्दै विज्ञप्ति जारी गरेकामा प्रधानमन्त्रीसँग गुनासो गरेका थिए । बालेनले सत्तारुढ दलले असहयोग गरेको भन्दै समाधानको पहल गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।
बालेनको सचिवालय अनुसार मेयर साहले बञ्चरेडाँडामा जाने सडक तत्काल बनाउन प्रधामन्त्रीले पहल गरिदिनुपर्ने पनि बताएका थिए । ‘भेटमा मेयरले बाटो निर्माणको विषयलाई प्राथमिकता दिएर फोहोर व्यवस्थापनमा संघीय सरकारको सहयोग आवश्यक भएको बताउनुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-