काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय सरकारले आगामी एक साताभित्रै निजामती ऐन सदनमा दर्ता गर्ने जानकारी दिएका छन् ।
उनले बुधबार नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा निजामती विधेयक चालु अधिवेशनमै सदनमा दर्ता भई छलफल अघि बढ्ने बताए ।
‘विधेयक छिट्टै सदनमा दर्ता हुन्छ, पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोसिस गरिएको छ,’ उनले भने ।
संविधान जारी भएको आठ वर्ष पूरा भइसक्दासमेत संघीय निजामती ऐन जारी नभएपछि सरकारको काम गर्ने तरिका र प्राथमिकताका विषयमा आलोचना हुँदैआएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-