काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विसं २०८४ को आमनिर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताएका छन् । नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाका स्वः पिता सोमनाथ ढुङ्गानाको १३औँ दिनको पुण्यतिथिमा धादिङमा उनले यस्तो बताएका हुन् ।
“चालु संसद् पाँच वर्ष कायम रहनु नै वर्तमानको सन्दर्भमा स्थिरता कायम रहनु हो, यो संसद् पाँच वर्ष नै कायम रहन्छ”, निधिले भने, “विसं २०८४ मा हुने आम निर्वाचनसम्म देशमा तीन वटा प्रधानमन्त्री पाउने छ, संसद् विघटन हुने छैन ।” सरकारको नेतृत्व परिवर्तन हुनु अस्थिरता नभएर संसद् विघटन हुनु अस्थिरता रहेको उनले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-