तालिवानले अफगानिस्तान कब्जा गरेपछि त्यहा अलपत्र रहेका नेपालीहरु जजिरा एयरको चाटर्ड विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनीहरु कतार पुगेर काठमाण्डौं आएका हुन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतार पु¥याएको थियो ।
नेपाल सरकारलाई अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दारका लागी पहल गर्न दबाब बढेको बेला केही संख्यामा भएपनि नेपालीहरु चाटर्ड बिमानबाट नेपाल आएका हुन् । नेपाल आएका उनीहरुलाई उनीहरुलाई सामाखुसीस्थित एक आइसोलेसन सेन्टरमा राखिने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-