काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरसमूहले ‘एकाधिकारविरुद्ध’ खबरदारी सभा गरेको छ। उनीहरुले बुधबार राष्ट्रिय सभा गृहमा ‘एकाधिकारविरुद्ध’ खबरदारी सभा गरेका हुन्।
नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघको ब्यानरमा आयोजना गरिएको सभामा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी प्रमुख अतिथि थिए। सभामा केन्द्रीय सदस्यहरू मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइरालालगायत नेताहरू सहभागी थिए ।
त्यस्तै, १४औँ महाधिवेशनमा पार्टीको प्रदेश कार्यसमिति सभापतिका उम्मेदवारहरूसँगै नेविसंघ, तरुण दलका पूर्वअध्यक्ष, नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। खबरदारी सभाको संयोजन निराजन थापा र विजय ढुंगानाले गरेका थिए।
भेलामा सहभागी नुवाकोट कांग्रेसका निवर्तमान सभापति तथा बागमती प्रदेश कार्यसमितिका सभापति पदका उम्मेदवार जगदीश्वर नरसिंह केसीले समूहका नेता डा शेखर कोइरालाकै सल्लाहमा खबरदारी सभा गरिएको बताए । उनले पार्टीमा देखिएको मनपरी र १४औँ महाधिवेशनमा मत नदिएका नेतालाई आसन्न निर्वाचनमा टिकट नदिने षड्यन्त्रविरुद्ध खबरदारी गर्न सभा आयोजना गरिएको उनको भनाइ थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-