काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिने अभियानपछि माओवादी सबैभन्दा ठुलो शक्ति भएर उदाउने बताएका छन् ।
उनले बिहीबार २० औं दोरम्बा हत्याकाण्डको स्मृतिसभा रामेछापमा बोल्दै देशमा देखिएको व्यापक वेथिति र विक्रितिको अन्त्य गर्न सरकारले चालेको कदमबाट अत्तालिएकाले विपक्षीले विभिन्न भ्रम छरिरहेको आरोप लगाए ।
‘सरकार सामाजिक न्यायसहित सुशासन र समृद्धिको अभियानमा दृढ संकल्प लिएर अघि बढेको छ । यसबाट आत्तिएका विरोधीहरूले गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । त्यस्ता भ्रमको पछाडि नलाग्न म आग्रह गर्छु’, उनले भने ।
उनले गठबन्धन दलहरूबीच कुनै दरार नभएको भन्दै सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एकताबद्ध भएर लागेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-