काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले आफ्नो पार्टीका सांसद सुनिल शर्मालाई गलत समयमा पक्राउ गरेको आरोप लगाएका छन् ।
पूर्वमन्त्री समेत रहेका केसीले बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीका विरुद्ध अभिव्यक्ति दिएपछि नै शर्मालाई पक्राउ गर्नुले निरंशुक प्रवृत्ति हो कि भन्ने प्रश्न उठेको समेत बताए । उनले जुनसुकै भ्रष्टाचार प्रकरणमा सरकारले गर्ने अनुसन्धानलाई कांग्रेसले सहयोग गर्ने उल्लेख गरे ।
भ्रष्टाचार प्रकरणको अनुसन्धानलाई सरकारले गर्ने अनुसन्धानलाई नजिकबाट हेरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-