दूरबिन नेपाल, न्युयोर्क
नेपालको सिन्धुपाल्चोक लगायतका क्षेत्रमा गएको बाढी पहिरो पीडितहरुको राहतको लागि अमेरिकामा सहयोग संकलन शुरु गरिएको छ । सिन्धु कल्याणकारी समाज अमेरिकाले सिन्धुपाल्चोक जिल्लामा गएको पहिरोबाट पीडितको लागि सहयोग जुटाइरहेको हो । सबैतिर बाट सहयोग संकलन गरिएपछि पीडितहरु सम्म पुर्याइने सिन्धु कल्याणकारी समाज अमेरिकाका अध्यक्ष छिरिङ तेन्जिङ लामाले बताएका छन । अध्यक्ष लामाले संकलन गरिएको सहयोग पारदर्शी ढंगले जतिसक्दो छिटो पीडितसम्म पुर्याइने बताएका छन । उनले सो कुरा फिप्नाले दिएको राहत रकम बुझ्नेक्रममा बताएका हुन ।
फिप्नाले गर्यो ६० हजार सहयोग
सिन्धुपाल्चोकमा गएको बाढी तथा पहिरो पीडितको सहयोगका लागि नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाले ५ सय अमेरिकी डलर सहयोग गरेको छ । सिन्धुपाल्चोक जिल्लामा गएको बाढी तथा पहिरो पीडितको सहयोगार्थ सिन्धु कल्याणकारी समाज अमेरिकाका पदाधिकारीहरुलाई फिप्नाका अध्यक्ष लोक चेम्जोङले चेक हस्तान्तरण गरेका थिए । चेक स्तान्तरण गर्दै फिप्नाका अध्यक्ष चेम्जोङले यस्तो बेलामा सहयोगको अवसर दिएकोमा फिप्नाको तर्फबाट सिन्धु समाजलाई धन्यवाद दिएका छन । सहयोग रकम हस्तान्तरण गर्न फिप्नाका अध्यक्ष चेम्जोङसंगै महिला उपाध्यक्ष श्रीमति गोमा योन्जन गुरुङ, महासचिव नरेन्द्र थापामगर, फिप्ना संघीय परिषद सदस्य सचिव श्री छिरिङ राप्के लामा र जिरेल संघ अमेरिकाको अध्यक्ष श्रीमती शान्ति जिरेल पुगेका थिए । आफ्नो सहयोग अभियानमा साथ दिएकोमा सिन्धु कल्याणकारी समाज अमेरिकाका अध्यक्ष छिरिङ तेन्जिङ लामाले फिप्नाका पदाधिकारीहरुप्रति आभार व्यक्त गरेका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-