धेरै समयको रस्सा कस्सी पछि नेकपा एमाले फुटेको छ । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी भएपछि माधव कुमार नेपालको नेतृत्वमा नयाँ पाटी घोषणा गरिएको हो । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ भने चुनाव चिन्ह बिबाद भएपछि तोकिएको छैन । सुरुमा खुल्ला किताब प्रस्ताव गरिएको थियो ।
नयाँ पार्टीमा नेता नेपाल नै अध्यक्ष रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य र ३१ जना साँसद रहेको निर्वाचन आयोग पुगेका एक नेताले बताए । नेकपा एमाले छाडेर नेकपा एमाले समाजवादी गठन गरेका माधवकुमार नेपालले केपी शर्मा ओलीले नचाहेपछि पार्टी एकता टिक्न नसकेको बताएका छन् ।
उक अपिल प्रकाशन गरी पार्टी एकता जोगाउन निरन्तर प्रयास गरे पनि ओलीले कुनै हालतमा एकता गर्न नचाहेपछि अलग पार्टी बनाउनुपरेको बताएका छन् । ‘हामीले पार्टी एकता जोगाउन निरन्तर रूपमा प्रयत्न ग¥यौं, तर केपी ओलीले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि हाम्रो प्रयत्नले मात्र पार्टी एकता कायम रहन नसक्ने स्थिति उत्पन्न भयो’ उनले भनेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-