काठमाडौं । काठमाडौंको फोहोर ब्यवस्थापन गर्न धादिङको बञ्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटमा पुग्ने सडकमा केही दिनदेखि जारी अवरोध हटेको छ।
सिसडोल र बञ्चरेडाँडा क्षेत्रमा जाने सडकमा स्थानीयबासीले गरिरहेको अवरोध हटेपछि फोहोर उठ्न थालेको जानकारी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिएका छन्।
‘सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोध हटेका छन्’, मेयर शाहले भनेका छन्, ‘आज मात्रै २८४ गाडी फोहोर बञ्चरेडाँडा पुगेका छन्। यही गति कायम रहे केही दिनमा सबै फोहोर उठिसक्ने छ।’
उनले फोहोर बोक्ने ट्रकहरु सीमित भएकाले व्यवसायीहरूसँग पनि सहयोग मागेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-