काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न सन्देशसहित संसदमै फिर्ता पठाएको नागरिकता विधेयकलाई आजको प्रतिनिधिसभाको बैठकले पुनः हुबहु रुपमा पारित भएको छ ।
राष्ट्रपति भण्डारीले विभिन्न नौ बुँदामा पुनर्विचार गर्न प्रतिनिधि सभालाई सन्देश पठाए पनि कुनै संशोधनबिना पारित भएको छ। प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले संशोधन गर्न माग गरेका थिए भने सत्तापक्षकै केही सांसदले केही बुँदामा फेरबदल गर्नुपर्ने माग गरेका थिए।
फिर्ता आएको विधेयकमा सांसदहरुले बिहीबार दिनभर छलफल गरेका थिए। सांसदहरुको धारणापछि गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएका थिए।जम्मा १९५ सांसद उपस्थित भएकोमा नागरिकता विधेयक पारित गर्ने पक्षमा १३५ सांसदले मत दिएका थिए भने विपक्षमा ६० सांसदले मत दिएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-