काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीका कार्यक्रमहरुमा अग्रज तीन नेता र अध्यक्षको मात्रै फोटो प्रयोग गर्न निर्देशन दिएको छ ।
केन्द्रीय कार्यालयले शुक्रबार पठाएको अन्तरपार्टी निर्देशन ९अपानि० मा सार्वजनिक कार्यक्रममा फोटो प्रयोग, आसन ग्रहण र मञ्च व्यवस्थापनको विषय समेत उल्लेख छ । सार्वजनिक कार्यक्रममा विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटो प्रयोग भएको भन्दै एमालेले अबदेखि पार्टी र जनसंगठन कार्यक्रममा तीन अग्रजका अतिरिक्त पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय भएको उल्लेख छ । एमालेले तीन अग्रज ‘संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्व अध्यक्ष मनमोहन अधिकारी’को फोटो प्रयोग गर्ने गरेको छ । अब उनीहरु बाहेक अध्यक्ष केपी ओलीको मात्र फोटो प्रयोग हुनेछ ।
व्याज, माला, खादाको अनावश्यक प्रयोग नगर्न र भड्किलो नबनाउन समेत अपानिमा निर्देशित गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-